हरेक प्रहर ताजा खबर र मनोरञ्जनको सारथि

यस्ता छन लोकप्रिय गायिका अञ्जु पन्तका हुनेवाला श्रीमान , अब कहिले हूदैछ त बिवाह?


२०७७माघ१९गते
नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त अब चाँडै बिबाह बन्धनमा बाँधिँने भएकी छिन् । गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध टुटाएको लामो समयपछि अञ्जुले विवाह गर्न लागेकी हुन् । प्राप्त सूचना अनुसार अञ्जुले थीर कोइरालासँग बिबाह गर्न लागेका हुन्। सिंगल’ भएपछि बिबाहको प्रश्नले घेरिरहेकी लोकप्रिय गायिका अञ्जुले अब त्यसको सामना गर्नुपर्ने छैन ।

पत्रकारहरुले बिबाहको बारेमा प्रश्न गरेर हैरान बनाएपछि पछिल्लो समय छोरीकै दवावका कारण बिबाह गर्ने’ बताउँदै आएकी थिइन् । तर, उनले अहिलेसम्म आफूले बिबाह गर्न लागेको कतै खुलाएकी छैनन् । दोस्रो बिबाह भएकाले पनि खुलाउन नचाहेको स्रोतको भनाइ छ ।


अञ्जु निकट स्रोतका अनुसार थिर र अञ्जुले बिबाह भव्य रुपमै गर्दैछन् । तर, त्यसअघि उनीहरुले हल्ला गर्न चाहेका छैनन्। बिबाहका लागि अञ्जु र थीरको अहिले एक चर्चित बुटिकमा लुगा कपडा तयार भइरहेको छ ।


तर, बिबाह कहिले भन्नेचाहिँ कतै बाट खुलेको छैन । गायिका अञ्जुको एक छोरी परितोशिका छिन् परितोशिकाले हालै आफ्नी आमाको एक गीतको भिडियो मा मोडलिङ गरेकी छन् । छोरी परितोशिकाकै करले गर्दा पनि अञ्जु बिबाह गर्न बाध्य भएको बताइन्छ ।

No comments: